चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
आज (शनिबार) विहान ८ बजेको समयमा वनमा घाँसकाट्न जाने क्रममा खैरहनी नगरपलिका वडा नम्बर १३, स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँसकाट्न जाने क्रममा स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको थियो ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार बाघको आक्रमणबाट गम्भिर घाइते भएकी गुरुङलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ।