काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी शुक्रबार चाँदी पनि प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।