काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ ।
रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भइ सडक किनारबाट थोरै तल झरेको हो । ढुंगाको ओट लागेर गाडी रोकिएकाले ठूलो दुर्घटनाबाट जोगिएको र आफू सकुशल रहेको उपसभापति गुरुङले जानकारी दिए ।
‘ठुलो घट्ना हुनबाट जोगियो! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुसल छौं।’ उनले गाडीको फोटो राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए । ओखलढुंगा गएका उनीहरू काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् । हाल एक्साभेटर बोलाएर गाडी तान्ने तयारी भएकाे बताइएकाे छ ।