चितवन । चितवनको माडीमा छोराले खुर्पा प्रहार गरी आफ्नो आमाको हत्या गरेका छन् । माडी नगरपालिका वडा नं ६ स्याउलीबास निवासी ३७ वर्षका अर्जुन तामाङले खुर्पा प्रहार गरी आफ्नै आमा ५५ वर्षकी मायादेवी तामाङको हत्या गरेका हुन् ।
घरनजिकै १०० मिटर नजिकमा मकै बारीमा अर्जुनले आमामाथि खुर्पा प्रहार गरेका प्रहरीको भनाइ छ । तामाङको घाँटी करिबकरिब छिनेको र घटनास्थलमै ज्यान गएको हो । इलाका प्रहरी कार्यालय माडीले छोरा तामाङलाई नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय माडीबाट ८ किमि पुर्व दक्षिणमा पर्छ ।