काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारलाई मेडिकल माफियाको पक्षमा काम नगर्न आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मलेन गरेर डा. केसीले मेडिकल माफियाको हितमा काम गरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
अहिलेको आवश्यकता कोरोना परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था हुनुपर्नेमा जोड दिए ।
डा. केसीले केपी शर्मा ओली नेतृत्वको ‘अघिल्लो सरकारले जस्तो कोरोना महामारीलाई कमाउने धन्दा’ नबनाउन पनि देउवा सरकारलाई आग्रह गरेका छन् ।