चितवन । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधीसभाको निर्वाचनमा दुई जनाले उमेदवारी घोषणा गरेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्रका रुपमा रहेको चितवन क्षेत्र नं. ३ बाट तारा पौडेल र धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
समृद्ध चितवन र ठोरी केरुङ त्रिदेशीय लोकमार्ग निर्माणको अभियन्ता समेत रहेका पौडेलले आफ्नो दशकौं लामो विकास र समृद्धिको अभ्यासलाई पूणर्ता दिन पदीय जिम्मेवारीको अनिवार्यता महसुस गरी उम्मेदवारी घोषणा गरेको बताए।
त्यस्तै, सापकोटाले बाँदरमुढे घटना पीडितहरुलाई न्याय दिने र निकुञ्जभित्र अण्डरपास बनाउने एजेण्डा अगाडी सारेका छन् ।