चितवन। नारायणीमा पौडी खेल्न गएका एक युवक तीन दिनदेखि बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका ४ शिवाघटस्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा भरतपुरको मिलनचोक बस्ने २२ वर्षीय विनित घिमिरे शुक्रबार बिहान नौ बजेदेखि बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार बेपत्ता युवकको खोजि कार्य भइरहेको छ ।