चितवन । भरतपुरका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् प्रवाह अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले सूचना जारी गरेर दुई दिन विद्युत् प्रवाह अवरुद्ध हुने भएको छ ।
सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने बताइएको छ। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुनेछ । फिडरहरुको स्तरोन्नतिको लागि विद्युत् अवरुद्ध गरिएको हो ।
विद्युत आपूर्ति बन्द हुने स्थानहरु
भरतपुर १ फिडर : स्थानहरु भरतपुर ७ र भरतपुर १०
भरतपुर २ फिडर : स्थानहरु भरतपुर १२, भरतपुर ९, भरतपुर ८ गौरीगञ्जसम्म
औद्योगिक १ फिडर : स्थानहरु भरतपुर ९, भरतपुर ८ र भरतपुर ५ मा रहेका उद्योगहरु