काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर १७० फो भी आरटीएफआई तथा बीएस भीआई को नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारीमा छ । नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बीएस भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोड रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ ।
यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस भीआई कम्पाइन्ट इन्जिन रहेको छ। अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। यसैगरी बीएस भीआई कम्पाइन्टइन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ। यस आरटीएफआई टेक्नोलोजी युक्त इनजिन्ले मिलमगेमा वृद्धि गर्छ भने बीएस भीआई कम्पाइन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टीभीएस को रेसिङ डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।
त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।