चितवन । भरतपुर विमानस्थल अगाडिको सात घरटहरा भत्काइएको छ । घरटहरा सडकमा परेपछि सूचना दिँदादिँदै पनि घर नसरेपछि घरटहरा भत्काइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
घरधनीहरु मुअव्जा नदिई घरटहरा भत्काएकोमा आक्रोशित छन् । सर्वोच्चमा मुद्दा चल्दाचल्दै घरटहरा भत्काएको भन्दै घरधनीहरु कानुनी लडाइँमा लाग्ने बताएका छन् ।