चितवन । चितवनमा खेत जोत्नेक्रममा ट्याक्टर पल्टिंँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरमा बस्ने सन्दीप मगर रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ८ बजे कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो ।
ट्याक्टर पल्टिएर गम्भिर घाईते भएका चालक मगरको उपचारको क्रममा ८ बजेर ४० मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।