चितवन । होलिभिजन स्कुल बस यज्ञपुरीको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
भरतपुर ४ अनुपमचोकस्थित भित्री सडक खण्डमा ना १ क ३५९६ नं को स्कुल बसको ठक्करबाट ना ३३ प ३६६६ नं को मोटरसाइकलमा सवार बाग्लुङ हरिया गाउँपालिकाका ३४ वर्षका विनोद थापाको मृत्यु भएको हो ।
उनी मोटरसाइकलको पछाडि सवार थिए । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बसले मोटरसाइकललाई १०ः१० बजे ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक बाग्लुङ हरियाकै ३४ वर्षका आयुष बोहोरा गम्भीर घाइते छन् ।