काठमाडौं । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण निन्दनीय भएको बताएको छ । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ । ।
सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य हुने पनि कांग्रेसले बताएको छ ।
“कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन,” पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, “प्राप्त छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेकोे कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको छ ।”