काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा सर्दैछन् । उनी अहिले केहीबेरपछि बालुवाटार सर्न लागेका हुन् ।
देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गर्दैछन् ।
“अहिले १० बजेपछि बालुवाटार सर्ने कार्यक्रम रहेको छ,” देउवा निकट स्रोतले भन्यो ।