चितवन । गैंडाको आक्रमणबाट घांँस काट्न गएकी एक महिला गम्भिर घाईते भएकी छिन । भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी सुनिता घाईते भएकी हुन् ।
आज बिहान ९ः०५ बजेको समयमा बाटुली पोखरी वन भित्र घाँस काट्न गएकी ४२ वर्षीय सुनिता परियारलाई गैंडाले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।
आक्रमणमा परी घाइते भएकी परियारलाई इलाका प्रहरी कार्यालय गितानगरको टोलीले उनको उद्धार गरेको थियो ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।