चितवन । भरतपुर–६ का विष्णु प्रसाद मिश्र पांँचदिनदेखि वेपत्ता भएका छन । गत शुक्रवार बिहानै उठेर नजिकैको अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थामा दुध बेचेर फर्किएका मिश्र मोटरसाइकलमा समस्या भएको भन्दै बनाउन नजिकैको चोकबजार गएदेखि सम्पर्कमा नआएको परिवारजनले बताएका छन । मोटरसाइकल बनाउन हिडेका बिष्णु घर नफर्किएको भन्दै परिवारले खोजि गरिदिन आग्रह गरेको छ ।
५ दिन देखि वेपत्ता भएका विश्णुलाई खोजि गरिदिन इलाका प्रहरी कार्यालय गितानगरमा खबर गरिएपनि हालसम्म विष्णु फेला परेका छैनन । ३५ बषीएय विष्णुको घरमा आमा छोरा मात्र थिए । उनका बुवा नारायण प्रसाद मिश्र ६ महिना अगाडी अमेरिका गएका थिए । बुबा असार २८ गते घर आइपुगेका छन् । ५फिट ८ इन्च उचाई भएका विष्णुले दारी कपाल लामोलामो पालेका छन । साथै पहेलो टिसर्ट खरानी रङको पाइन्ट लगाएदेखि हराएका काका द्वारिका नाथ मिश्रले जानकारी दिए ।
कतै भेटेमा वा जस्तो सुकै अबस्थामा देखेमा मानवीय सहयोग गरि उद्धार कार्यमा सहयोग गरिदिन साथै फोन नम्बर ९८४५०४८४०५ ,९८४५६२३९७०,९८४५०४८४०६ अथवा नजिकको प्रहरी चौकिमा खबर गरिदिनुहुन परिवारजनले आग्रह गरेका छन ।