चितवन । वन्यजन्तु बित्तिकै जोसुकै डराउने र भाग्न खोज्ने मानिसको लागि दुर्लभ वन्यजन्तु गैंडासंँग पनि मानिससंँग प्रेम र आत्मियता हुन्छ भन्ने पत्यार गर्न मुश्किल पर्छ । हामीले अन्तर्रराष्ट्रिय वाईल्ड लाईफ च्यानलहरुमा पनि यदाकता देखेका हुन्छौं सिंहले बांँदरको बच्चालाई हुर्काएको, बाघले अन्य कुनै साना जनावरका बच्चालाई चाटेको , सुम्सुयाएकोे । यी त अपवाद का दृश्य मात्रै हुन् । हुनत हामीले हाम्रै घर छिमेकमा पनि कुकुर र बिराला एकै ठाउंँमा खेलेको, बसेको नदेखेका पनि होइनौ तर मानिससंँगपनि वन्यजन्तुको प्रेम हुन्छ, आत्मियता हुन्छ भन्ने कुरा सौराहाको राष्ट्रिय प्रकृति संरक्षणकोष परिषरमा हुकिैदै गरेका गैडाको दुई पोथी बच्चा (केटी ) पुष्पा र अञ्जलीको दैनिकीले प्रमाणित गर्छ । अहिले उनीहरुलाई मानिससँगै लहसिने बानी पर्दै गएको छ ।
पुष्पा र अञ्जली अहिले दिदी बहिनी जस्तै छन , बिहान लगभग ६ बजेतिर उठ्छन अनि बेलुका सांँझ तिर खोरमा पनि संँगै हुन्छन । पुष्पा अहिले १७ महिनामा टेकिन त अञ्जली ४ महिनाको पुगिन । उनलाई बिहानदेखि बेलुका सम्म स्याहासुसार गर्ने, चराउने खुवाउने एकजना जाँजरकोटका युवा छन लालबहादुर महतरा । उनको दैनिकी यसरीनै बित्ने गर्छ । ‘म जांँजरकोटबाट आएको २ बर्षभयो, अहिले यी दुईको हेरविचारमै दिन बित्ने गरेको छ ।’ उनले भने । हुनपनि उनले यी दुई दिदी बहिनीलाई खुब माया गर्छन । चाहिने दानापानी यिनलेनै खुवाउंँछन अरुले दिएको हत्तपत्त यिनले खांँदैनन ।
‘अब त आफ्नै दाजुभाई दिदी बहिनी भन्दा पनि बढी लाग्छ महतराले भने, आएदेखि एकदिन छोडेको छैन ।’ उनीसंँग वन्यजन्तुप्रतिको मोह र आत्मियता झल्किन्छ । पुष्पालाई झण्डै १७ महिना ०७६ साल माघ महिना अघि नवलपरासीको कुञ्जौली जंगलभित्र दलदल बाट उद्धार गरेर ल्याईएको हो । ‘उद्धार गर्दा त्यस्तै ७ दिनको थिइन होला महतरा भन्छन, अहिले १७ महिनाको भयो ।’ अञ्जलीलाई पनि १४ दिनको दिनमा आमाले बाटो बिराएर छोडेको अवस्थामा गत चैत्र २३ गते नवलपुरको तमासुर जंगलबाट उद्धार गरेर ल्याईएको हो ।
‘पुष्पा र अञ्जलीको आमा भनेपनि बाबा भनेपनि मै हो, एकैछिन मलाई नदेखे मलाई उनीहरुले खोच्छन मैले देखिन भने मैले खोज्छु । यी अबोधलाई के थाहा छ र ? ।’ उनले कुरा लुकाएनन ।
हुनत गैंडा प्रजाति हिंस्रक वन्यजन्तु हो । जंगलमा भेट्दा टाढैबाट पनि यसले मानिसलाई आक्रमण गर्छ । तर यी दुई केटी महतराको काखमै हुर्केर यति ठूलो भैसके महतरा जताजता जान्छन उनीहरु पछि पछि लाग्छन । कोही नयाँ मानिस आए भनेपनि के ल्याईदिएको छ भनेर मुख बाउंँदै आउंँछन ।
महतरा र यी दुई दिदीबहिनीको मित्रता , प्रेम झन गहिरिदै, झांिँगदै गएको सजिलै अनुमान गर्न सकिन्छ । बिहान पुष्पालाई मकैको च्यांँख्ला पकाएर दिने र अञ्जलीलाई दुध तताएर दिने तालिकाबाट महतराको दैनिकी शुरु हुन्छ । ‘साना छन दुई दुई घण्टामा दुध र खाना दिनुपर्छ उनले भने, झण्डै २४ घण्टामा १२ पटकसम्म खुवाउनु पर्छ ।’ उनले आफ्नो दैनिकी सुनाए । सानो हुँदा गैडाको बच्चाले थौरै थोरै तर पटक पटक खाने गर्ने उनले बताए । करीब ४ महिना पुगेपछि भने कलिलो घांँस दिन र चर्न सिकाइन्छ । ‘पुष्पाले मज्जाले चर्छे अञ्जलीले पनि भर्खर सिक्न लागेकी छ ।’ उनी भन्छन । चर्न सिक्दै गएपछि र अलि ठूलो भएपछि मकैको च्याँख्ला पकाएर दिइने गरेको हो । पुष्पा ठूलो भएकोले च्यांँख्ला पचाउंँछ भने, अञ्जली अहिले पनि दुधको सहारामा छिन । महतरालाई यिनको हेरविचार गर्न खुबै आनन्द आउंँछ । हुनत उनी पहिलेदिेखिनै वन्यजन्तु प्रेमी थिए । ‘म बाह्र कक्षा पास गरें चितवन राष्ट्रिय निकुञ्जमा काम गर्छस भनेर चिनेको दाईले भन्नुभयो म आएंँ ।’ उनी विगत सम्झिन्छन ।
शुरुवाती क्षणमा वन र वन्यजन्तुको बारेमा संरक्षणकर्मीसंँगै निकुञ्ज भित्र सिक्न जाने गरेपनि अहिले उनी पुष्पा र अञ्जलीको स्याहार सुसारमै व्यस्त हुनुपर्छ । ‘जांँजरकोटमा कस्तुरीको ब्रिडिङ्ग सेन्टर खुल्दैछ पछि म उतै जान्छु होला ।’ महतरामा संरक्षणको महत्व र मोह झल्किन्छ । सानोमा मानिसको संरक्षणमा हुर्किएपनि पछि भने यी दुई गैंडालाई यसको प्राकृतिक बासस्थान जंगलमै छोड्नुपर्ने हुन्छ । तर महतरा लाई यी सबै कुरा थाहा भएपनि पुष्पा र अञ्जली आफूबाट कहिल्यै नछुटुन भन्ने लाग्छ । ‘सरहरुले पछि जंगलमै छोड्नुपर्छ भन्नुपर्छ भन्नुहुन्छ, यिनिहरु त्यहांँ कसरी बस्लान अरु जनावरले आक्रमण गरेर घाईते बनायो भने ।’ उनी चिन्तित हुन्छन ।
राष्ट्रिय प्रकृति संरक्षण कोष , जैविक विविधता केन्द्र, सौराहाका प्रमुख बाबुराम लामिछाने हाल मानिसले यसले स्याहार सुसार गरेपनि पछि यी दुई बच्चलाई जंगलमै छोड्नुपर्ने बताउंँछन । ‘अहिले साना छन् अन्य वन्यजन्तुले आक्रमण गर्न सक्छ लामिछानेले भने, कम्तिमा सांँढे दुईबर्ष पुरा भएपछि मात्र जंगल छोड्न मिल्छ ।’ यसका लागि जंगल, राप्ती नदी किनार तथा अन्य जंगली गैंडाको सामिप्यमा चराउन अभ्यास गरिने उनले बताए ।
‘अहिले मानिसंँग नजिक छ तर यसलाई अन्य वन्यजन्तुसांग लड्न, प्रतिकार गर्ने वातावरण सिर्जना गर्ने अभ्यास गछौं लामिछानेले भने, त्यसपछि मात्र जंगलमा छोड्न मिल्छ ।’ यसअघि पनि यो प्रकृति संरक्षण कोषमा केही घाइते गैंडा तथा बच्चाको उद्धार गरेर जंगलमा छाडिएको थियो ।