चितवन । देशभर संक्रमणको दर र मृत्युदर कम भईरहेको भन्दै अधिकांश क्षेत्र सञ्चालन गरिरहेको बेला सौराहाका नेचर गाइड भने निराश भएका छन ।
अन्य क्षेत्र, व्यवसाय, पेशा सञ्चालन आएसंँगै पर्यटन क्षेत्रको अभिन्न अंगलाई उपेक्षित गरेको उनीहरुको गुनासो छ ।
आज सौराहामा नेचर गाईड एशोसियसनले पत्रकार सम्मेलन गर्दै कोभिड भ्याक्सिन खोप लगाउन पाउनुपर्ने मागसहित चार बुंँदे माग गरे ।
पर्यटन व्यवसायमा नेचर गाइडले अग्रपंत्तिको रुपमा काम गर्नुपर्ने पेशा भएको हुंँदा तत्काल खोप उपलब्ध गराउनु पर्ने माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र धामीले सरकारले पटक पटक खोपको लागि अनुरोध गर्दापनि सरकारले वेवास्ता गरेको बताए । ‘सरकारले अधिकांश पेशाकर्मी, उमेरसमुहलाई खोप दिदैं आएको छ । हामीले पटकपटक बिन्ति गर्दा पनि वास्तानै गरिंदैन ।’ विदेशमा पर्यटनलाई उत्तिकै महत्व दिएर गाइडहरुलाई पनि खोप दिएको भन्दै उनले नेपालमा पनि ट्रेकिङ्ग गाईड र टुर गाइडलाई खोप उपलब्ध गराएपनि आफूहरुलाई भने उपेक्षित गरेको बताए । ‘अब हामीलाई जसरी पनि खोप चाहिन्छ । हामीपनि पर्यटन व्यवसायको फ्रन्टलाइनर हो । हाम्रो पालो चाहिं कहिल्यै नआउने ।’ उनले भने ।
पर्यटकको विश्वास जित्न र जोखिम न्यूनिकरणको लागि पनि खोप उपलब्ध गराउनु पर्ने उनको भनाई थियो ।
खोपको साथै उनीहरुले नेचरगाइडको लाइसेन्स नवीकरण मिनाह गर्नुपर्ने , उनीरुले आफ्नो काम तत्काल गर्न पाउनु पर्ने नभए विकल्प दिनु पर्ने र यसलाई व्यवसायीक र मर्यादित बनाउन कार्यविधी बनाउन समेत माग गरेका छन ।
संघका पूर्व अध्यक्ष एवं सल्लाहकार उदयचन्द्र अर्यालले नेचर गाइड पर्यटन व्यवसाय र प्रकृति संरक्षणको मेरुदण्ड भएकोले तत्काल आफूहरुको माग सम्बोधन हुनुपर्ने बताए । ‘गतसालपनि हामी बेरोजगार भयौं । अहिलेसम्म कतिपय साथीहरु खाडीमुलक पलायन हुनु कतिपय साथीहरुले पेशाबाट विस्थापित भइसक्नु भयो । उनले भने,अब त अत्ति भयो कि हामीलाई खोप दिनु परयो कित काम ।’ यही क्षेत्रमा प्रशस्त संभावना र आम्दानी हुंँदाहुदैपनि कोभिडका कारण २५ जना दक्ष नेचर गाइड खाडी मुलुक जानुपरेको उनले बताए । ‘पर्यटन क्षेत्र चलायमान हुंँदा एकजना गाइडले मासिक न्यूनतम २० देखि ७० हजारसम्म कमाउंँछौं उनले भने, यतिमात्रै होइन हामीले संरक्षण र सचेतना पनि जगाएका छौं ।’ यहीनै मुख्य पेशामा निर्भर हुने अधिकांश दक्ष नेचर गाइडले पेशानै परिवर्तन र व्यवसाय सञ्चालन गरेको उनको भनाई छ । पर्यटन क्षेत्रमा दक्ष नेचर गाईडको जहिलेपनि अभाव रहेकोले देशको पर्यटन प्रर्वद्धन र संरक्षणमा सचेतना जगाउन नेचरगाईडको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
अन्य निकुञ्जहरुका भन्दा बढी सदस्य संख्या भएको यो संघमा पथप्रर्दशकको संख्या सातसय भन्दा बढी छन । भने व्यवसायिक नेचर गाईड पांँचसय जना छन । यी मध्ये ४०० जना सौराहामा मात्रै छन भने, अन्य पर्यटकीय क्षेत्र मेघौली, पटिहानी, माडी र नवलपुरको माडी लगायतका पर्यटकीय क्षेत्रहरुमा सय जना जति नेचर गाईड रहेका छन ।