चितवन । स्थानीय निर्वाचन २०७४ मा पूर्वी चितवनको कालिका नगरपालिकामा माओवादी केन्द्र शून्य भयो । नेकपा एमाले र नेपाली कांग्रेस हाबी रह्यो । एक वडासदस्य सम्म पाएन माओवादी केन्द्रले । तर, यसपटकको स्थानीय निर्वाचनमा एक वडासदस्य सहित दुई वडाध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रले सशस्त्र द्वन्द्व पश्चात् पूर्वी चितवनको कालिका नगरपालिकामा आफनो तेस्रो डिभिजनको व्यारेक समेत खडा गरेको थियो । तत्कालिन माओवादीका लडाकुहरूको मूख्यालय चितवनको शक्तिखोरमा थियो । २०६७ साल माघ ८ गते तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डलेसंयुक्त राष्ट्रसंघलगायतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको उपस्थितिमा माओवादी लडाकुलाई सेना समायोजन तथा पुनःस्थापना विशेष समितिको मातहतमा ल्याउने सहमति गरेका थिए ।
त्यस बेला माओवादी केन्द्रको राम्रो पकड रहेको मानिने क्षेत्र विस्तारै माओवादी प्रभाव घटदै गइरहेको आंकलन हुन थालिएको थियो । तर, यस पटकको स्थानिय निर्वाचनमा कालिका नगरपालिकामा आंकलन गरिएको जस्तो राजनिति देखिएन । उपमेयर गुमाएको माओवादी केन्द्रले दुई वडाध्यक्ष सहित एक वडा सदस्य कमायो ।
त्यस बेला माओवादी केन्द्रको राम्रो पकड रहेको मानिने क्षेत्र विस्तारै माओवादी प्रभाव घटदै गइरहेको आंकलन हुन थालिएको थियो । तर, यस पटकको स्थानिय निर्वाचनमा कालिका नगरपालिकामा आंकलन गरिएको जस्तो राजनिति देखिएन । उपमेयर गुमाएको माओवादी केन्द्रले दुई वडाध्यक्ष सहित एक वडा सदस्य कमायो । वडाध्यक्षमा माओवादी केन्द्रका विरेन्द्र तामाङ र चित्रबहादुर मगर निर्वाचित भएका छन् । त्यस्तै वडा सदस्यमा सुमित्रा तमाङ श्रेष्ठ निर्वाचित भएकी छिन् । वडाध्यक्षहरुमा विरेन्द्र तामाङ वडा नं ३ बाट निर्वाचित भएका हुन् । चित्रबहादुर मगर वडा नं ८ बाट निर्वाचित भएका हुन् । तामा र मगरले त्रमशः नेकपा एमालेका उमेदवार हरिप्रसाद अधिकारी र युवराज गुरुङ लाई पराजित गरेका हुन् । वडा सदस्यमा निर्वाचित श्रेष्ठ वडा नं १० बाट निर्वाचित भएकी हुन् ।
यस पटकको निर्वाचनमा पहिले शून्य रहेको कालिका नगरपालिकामा माओवादी केन्द्रले विजेता जनप्रतिनिधि पाएको छ । अब माओवादी केन्द्रले काम गरेर देखाउने राम्रो मौका पाएको छ । अबको पाँच बर्ष राम्रो काम गरेर देखाए माओवादी केन्द्रले कालिका नगरपालिकामा अझैँ धेरै जनप्रतिनिधि थप्ने छ ।