चितवन ।पुर्बी चितवनको राप्ती नगरपालिका –३ झुरझुरेमा आज शुक्रबार दिउँसो कार र दुई स्कुटर ठोकिँदा स्कुटरमा सवार खैरहनी–१२ वस्ने ५ वर्षिय बालक आरुष अधिकारीको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । स्कुटरमा सवार अन्य तीन घाइते भएका छन् ।
भण्डाराबाट हेटौंडातर्फ जाँदै गरेको बा१९च ७९८६ नम्बरको कारले विपरीत दिशाबाट आउदै गरेको प्रदेश ३–००३प ६८८८ नम्बरको स्कुटर र प्रदेश नम्बर ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा खैरहनी–१२ वस्ने प्रदेश नम्बर ३–००२प ६४८३ स्कुटर चालक मृतक बालकका बुबा वर्ष ३५ का राजकुमार अधिकारी र प्रदेश ३–००३प ६८८८ का स्कुटर चालक रत्ननगर–१५ वस्ने वर्ष १८ को निशान भट्टराई र सोहि स्कुटरमा सवार रत्ननगर–१५ वस्ने वर्ष २० को सन्तोष पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।