काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने बताएको छ ।
प्रहरीका अनुसार जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ । निर्मात्री समेत रहेकी जेनीले चलचित्र मैदान, धुम, मिस्टर डन, हलचल, घायल, विन्ती पत्र, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायतमा काम गरेकी छिन् ।


