तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको पुरानो बस्तीका बोटे समुदायलाई रेडियो वितरण गरिएको छ ।
जिल्लाको देवघाट–५ का १० बोटे परिवारलाई रेडियो वितरण गरिएको हो ।देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सूचनाको पहुँचबाट कोही वञ्चित नहोस् भनेर रेडियो वितरण गरिएको बताउनुभयो ।
बोटे घरपरिवारलाई करिब १० हजार बराबरको रेडियो वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।प्रति परिवार २९० रुपैयाँ उठाएर र दाताको सहयोगमा २९० गरी प्रति रेडियो ५८० रुपैयाँका दरले वितरण गरिएको थापाले बताउनुभयो ।
रेडियो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले देश विदेशमा भएका घटनाक्रम, गाउँपालिकाले गरेका गतिविधि थाहा पाउन रेडियो सुन्ने बानीको विकास गराउन रेडियो वितरण गरिएको बताउनुभयो । सूचना पहुँचबाट नजिक रहन स्थानीयलाई थापाले आग्रह गर्नुभयो ।


