चितवन । सुजिता मृत्यु प्रकरणका कारण आन्दोलनले उग्ररुप लिएपछि चितवन प्रशासनले राप्ती नगरपालिकामा कफ्र्यूलगाइएको छ । आज सांँझ साँढे ७ बजेदेखि भोलि बेलुका सांँढे सातबजेसम्म कफ्र्यु लगाईएको हो । जिल्ला प्रशासन कार्यालय, चितवनले सुजिता प्रकरणमा प्रर्दशनकारीले राजमार्ग अवरोध गरी सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको र स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने द्धारा हस्ताक्षरित आदेशमा लामो दुरीका यातायात बाहेक कुनै आगमन गर्न पाईने छैन । यदि कफ्र्युको वेवास्ता गरी त्यस्ता क्रियाकलाप गरेमा सुरक्षाकर्मीले गिरफ्तार गरी एक महिनासम्म कैद हुने उल्लेख छ ।
प्रहरीले सुजिता हराएको बिषयमा सक्रियता नदेखाएको र घटनाको सत्यतथ्य माग गर्दै दिनभर जसो प्रर्दशन गरेका थिए । प्रर्दशनकारीले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि र सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि हवाई फायर र अश्रुग्यांँस प्रहार गरेका थिए । स्थानीय र प्रहरीको झडपमा प्रहरीहरु घाइते भएको बताईएको । स्थिति अनियन्त्रित भएपछि सांँझ सांँढे ७ बजेबाट राप्ती नगरपालिका क्षेत्र भित्र कफ्र्यू लगाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । हाल उक्त क्षेत्र तनावग्रस्त रहेको छ ।
सुजिता मृत्यु प्रकरण ः राप्ती नगरपालिकामा २४ घण्टाका लागि कफ्र्यु जारी
सुजिता मृत्यु प्रकरण ः राप्ती नगरपालिकामा २४ घण्टाका लागि कफ्र्यु जारी

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु