भरतपुर । पश्चिम चितवनको भरतपुर-२६, खद्रौलीमा खेत जोत्ने क्रममा लोकप्रसाद पौडेलको वन टेष्ट नम्बरको ट्रयाक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ट्रयाक्टर चालक टीकाराम न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति ११:१५ बजेको समयमा भरतपुर महानगरपालिका-२६, खद्रौलीका स्थानीय रमेश सुवेदीको खेत जोत्ने क्रममा अचानक ट्याक्टर पल्टिँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटना हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको प्रहरी टोली र जेसिबीको सहायताबाट बाहिर निकाले पनि निजको मृत्यु भइसकेको थियो । घटनास्थलबाट शवको मुचुल्का गरी पोस्ट मार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।