राप्ती । केहि दिन अगाडी अपहरणमा परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको शव फेला परेको छ । सोही वडाको धमिलीमा रहेको बम्हस्थानि सामुुदायिक वनमा उनको शब फेला परेको हो । उनका परिवारका सदस्यले शवको पहिचान गरेपछि भण्डारीको शब रहेको भन्ने प्रमाणित भएको हो ।
आज दिउसो प्रहरीले त्यहांँ शब रहेको जानकारी पाएपछि टोली लिएर सो स्थानमा पुगेको थियो । प्रहरी त्यहा पुग्दा शबको अवस्था चिन्न नसकिने , सडेको र गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । वनको बीचमा एउटा झाडीमा अड्किएको अवस्थामा शब भेटिएको होे । स्थानी य जनप्रतिनिधि , प्रहरी र स्थानियको टोलीले शब पुरा सडे गलेको अवस्थामा भेटेका थिए । शरिरमा कपडा रहेको र कसैले मारेर फ्यांँकेको हुन सक्ने प्रहरीको अनुमान छ ।


