चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गरिएको छ । महासंघका दुई सय ६७ जना पत्रकारको एक जना बराबर रु ७ लाखको दुर्घटना बिमा गरेको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखामा सदस्य भएर नेपालमा रहेका सबैको बिमा गरिएको महासंघले जनाएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोगमा युनाइटेड इन्सुरेन्सबाट बिमा गरिएको हो । बिमाको प्रिमियम बापत रु १ लाख ४० हजार १ सय ९५ नगरपालिकाले भुक्तान गरेको हो । बिमा भएका पत्रकारको मृत्यु भएमा रु ७ लाख, घाइते भएमा वढिमा रु ७० हजार सम्मको उपचार खर्च र अंगभंग भएमा अबस्था अनुसार रकम भूक्तानी गरिने छ ।
महासंघका अध्यक्ष नारायण अधिकारीले पत्रकारहरुको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको बताउनुभयो । कालिका नगरपालिका र युनाइटेड इन्सुरेन्सको सहकार्यमा बिमा गरिएको उहाँको भनाई छ । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले गत वर्षबाट थालिएको बिमालाई निरन्तरता दिइएको बताउनुभयो । गत वर्ष पत्रकारहरुको रु ३ लाख वरावरको कालिका नगरपालिकाले बिमा गरेको थियो ।
आगामी दिनमा पनि बिमालाई निरन्तरता दिने उहाँल बताउनुभयो । सरकारले पत्रकारहरुको रु ७ लाखको दुर्घटना बिमाको ५० प्रतिशत प्रिमियम भूक्तानी गर्ने जनाएको भए पनि कार्यबिधि बनिसकेको छैन । शाखाले यो बिमामा पत्रकारहरुलाई प्रिमियम निःशुल्क गरेर बिमा गरेको हो ।
पत्रकार महासंघ, चितवनद्धारा पत्रकारलाई सात लाखको दुर्घटना बिमा
पत्रकार महासंघ, चितवनद्धारा पत्रकारलाई सात लाखको दुर्घटना बिमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु