चितवन । आज बिहान भरतपुरमा विस्कुट बोक्ने गाडीले ठक्कर दिंँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १२ कस्तुरी टोल बस्ने बर्ष ७६ को बसन्त बहादुर लिम्बु रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहान सांँढे ७ बजे भरतपुर महानगरपालिका वडा नम्बर .१० बाईपास रोड स्थित घरेलु कार्यालय अगाडी बिराटनगरबाट काठमाण्डौको लागि बिस्कुट लोड गरी आएको ना ६ ख ४९२३ नं.को डिब्बा गाडीले लिम्बुलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका उनको ७ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिएर भाग्न लागेको अबस्थामा चालक र गाडीलाई केन्द्रीय बस टर्मिनलबाट नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।