भरतपुर । चितवनमा असारको दोस्रो सातासम्म करीब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको अनुमान छ ।
पूर्वी चितवनका सात स्थानिय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगरनगरपालिका र माडीमा झण्डै ७० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बांँकी भरतपुर महानगरपालिका, कालिका नगरपालिका र ईच्छाकामना गाउंँपालिकामा भने केही क्षेत्रमा मात्र रोपाईं शुरु गरिएको छ । चितवनको सम्पूर्ण धानखेती क्षेत्रफलमध्ये ३५ प्रतिशत हिस्सा पूर्वी चितवनका पालिकाले ओगटेको छ । कोरोना कहरका बीच रोपाईं गर्ने जनशक्ति तराई क्षेत्रबाट नआएको र गत सालबाट नै आफ्नै परिवार र पर्मबाट रोपाई गरिएको छ । ‘अघिल्ला सालमा मधेशबाट रोपाई गर्न खेताला आउंँथे, ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने, अहिले किसानहरु आफै सक्रिय भएका छन । ’
खैरहनी र राप्ती नगरपालिकामा यस बर्ष मेशीनबाट रोपाई गर्ने कृषकको संख्या बढेकोले पनि रोपाई गर्ने क्रम चांँडो भएको ढकालको भनाई छ । ‘मनसुन र मौसम पनि अनुकुल भयो, उनले भने, पूर्वी चितवनमा चैते धान भित्रयाउने वित्तिकै बर्खे धान शुरु गर्छन । पछि तोरी लाउन पनि ढिला हुन्छ ।’
पश्चिम चितवनमा नारायणी लिप्ट सिंचाई चालु गर्ने समय नभएकोले र अधिकांश किसानको मकै लगायत अन्य बाली नथन्किसकिएकोले पनि असार तेस्रोसाता बाट शुरु हुने गर्दछ । तर बोरिङ्ग र घोल क्षेत्र भएका क्षेत्रहरु भएका कतिपय क्षेत्रमा धान रोपाई शुरु गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले पूर्वी चितवनको धान जोन क्षेत्र राप्ती, खैरहनी, र रत्ननगरका क्षेत्रहरुमा अधिकांश क्षेत्रमा रोपाईं सकिएको जानकारी दिए ।
‘पूर्वी चितवनको कालिका नगरपालिका बाहेक अन्य पालिकामा केही दिनमा रोपाईं सकिन्छ पौडेलले भने, भरतपुर महानगरपालिका क्षेत्रमा भने केहीले छरुवा धान लगाउन शुरु गरेका छन । ’
ज्ञान केन्द्रले बीउ तयार भईसकेको स्थान र पानी प्रशस्त भएको ठाउंँमा छिटो धान रोप्न आग्रह समेत गरेको छ ।
खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२.७ प्रतिशत जमिनमा सिंचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने बर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलब ५२ रहेको छ ।