चितवन । सुपक अधिकारीको ‘गड्यो प्यार दिलमा ’ गजल सार्वजनिक भएको छ। थानेश्वर गौतमको सुमधुर स्वरमा सजिएको उक्त गजललाई अधिकारीले निर्वाण प्लस नामक आफ्नै युट्युब च्यानलबाट गीतलाई सार्वजनिक गरेका हुन् ।
प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ । गजलमा अधिकारीको शब्द रहेको छ। त्यस्तै संगीत गायक गौतमले दिएका छन् । भिडियोमा प्रियाना आचार्य र प्रिन्स विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र बियोगी एरेन्ज गरेका हुन् ।
एक दशक देखि पढाई र कामको क्रममा अस्ट्रेलीयामा बसोबास गर्दै आएका पोखराका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय थिए। दर्शक स्रोता माझ उनको यो पहिलो प्रस्तुती हो । उनले भने ‘धेरै गीतरगजलहरु डाईरीमा छन् यद्धपी पहिलो पटक गीत स्रोता माझ ल्याउन पाउँदा खुशी छु ।’ उनले आर्को गीत समेत बजार आउने तयारीमा रहेको जानकारी दिए ।