काठमाडौँ। निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९-लेभल १’ केही समय देखी नै चर्चा छ । अनमोललाई ७५ लाख पारिश्रमिक देखि मल्टीकास्ट सम्मको चर्चा बटुलेको यस फिल्म पुनः दोश्रो पटक चर्चामा छ ।
यती बेला उनले बलिउडका सुपरस्टार सुनिल शेट्टिलाई फिल्ममा अनुबन्धित गर्ने खबर सिन क्षेत्रमा चर्चाको विषय बनेको छ ।सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म रहेको ‘एक्स ९-लेभल १’ मा बुझिए अनुसार शेट्टि खलनायकको चरित्र निभाउँदै छन् । करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताए । उनले भने, ‘उहाँ फिल्मलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ । उहाँले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौँ ।’ एक हप्तामा सुनिल शेट्टीलाई करिब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् ।
फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् ।नायकको भूमिकामा भने अनमोल नै रहने पक्का पक्की भइसकेको छ । हाल केसि फिल्मको लागि भनेर वर्क आउट गरिरहेको मुकुन्दको भनाइ छ । उनले फिल्मका लागि ‘कृ’ बराबरको शरीर बनाउनु पर्नेछ । तर, उनीसँग निर्माण टिमको कागजी सम्झौता भने भइसकेको छैन । त्यस्तै, फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।सिनेपाटिबाट