काठमाडौं। बाढी–पहिरो प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन्।
विपद्का कारण उत्पन्न संकटमा उद्धार र राहतका लागि तत्काल खटिनसमेत सभापति देउवाले नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत माग गरेका छन्।
‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ। यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु,’ देउवाले भनेका छन्, ‘सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यकक राहत प्याकेज घोषणा गर्न माग गर्दछु।’
केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका बिभिन्न ठाउँमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ।