चितवन । माडीमा सोमबारका लागि सारिएको सर्बदलीय बैठक अर्को दिन हुनेगरी स्थगित भएको छ ।
माडीका चार राजनैतिक दलहरुले जग्गा खण्डिकरण विवाद सम्बन्धी सर्वपक्षीय बैठकमा मालपोत, नापी र नगरपालिकाका सम्बन्धित कर्मचारीहरुको समेत सहभागिता रहनुपर्ने माग गरेको र नेकपा (माओवादी केन्द्र) पक्ष रक्तदान एवं आन्तरिक पार्टी काममा व्यस्त भएसंगै आज सोमबारका लागि निर्धारित सर्बदलीय बैठक रोकिएको हो ।
यसअघि, प्रधानमन्त्री ओली पक्षीय नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र बिप्लव नेतृत्वको नेकपाका माडी नगर समितिहरुले संयुक्त वक्तव्य जारी गर्दै ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.संग मात्र बैठक बसे आफूहरु सहभागी नहुने जनाएका थिए ।
जग्गा खण्डिकरण सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप गत शुक्रबार माडीमा सम्पन्न सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको थियो । अब आन्तरिक छलफल गरी अर्को दिन बैठक बस्ने नगरपालिका श्रोतले जनाएको छ तर मिति भने तोकिएको छैन ।स्वदेश एफ एम बाट