काठमाडौँ। नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएको आरोप दाबी गरेका छन् ।
सांसद तथा पूर्व मन्त्री बस्नेतले आफ्नो फेसबूक पेज मार्फत अनेक हर्कत र भ्रष्टाचार काण्डमा संलगनता रहेको आरोप माओबादीका नेताहरुलाई लागेका हुन् । साथै उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको पनि दाबी गरे।