भरतपुर। बाढी, पहिरोको जोखिममा रहेका सर्बसाधारणले उच्च साबधानी अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सुचना जारि गर्दै बाढी पहिरोको जोखिममा रहेका सर्बसाधारणले उच्च साबधानी अपनाउन अनुरोध गरेको हो । यस बर्षको मनसुन सुरु हुने बेला भएको कारण बाढी, पहिरो, नदीकटान र डुवानको क्षेत्रमा बसोबास गर्ने सर्बसाधारणले उच्च साबधानी अपनाउन अनुरोध गर्दै प्रशासनले बाढीबाट क्षति कम गर्न आफुहरु सक्रिय भएको बताएको छ।
सुचनामा चितवनका नारायणी राप्ती रिउ लगायतका स–साना खोलाहरुको कारण जिल्लाका विभिन्न स्थानहरुमा बाढी कटान र ढुबानको उच्च जोखिममा पर्ने भएकाले साबधानी अपनाउन भनिएको छ।साथै बाढी आएको समयमा नदी नालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न प्रशासनले अनुरोध गरेको छ ।