चितवन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको र अनुसन्धान भइरहेको छ । थप कुरा अनुसन्धानपछि खुल्ने प्रहरीको भनाइ छ ।