चितवन। नेकपा एमाले नेता तथा पूर्वमन्त्री प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन सर्वोच्चले गरेको अन्तरिमक आदेशको आलोचना गर्दै न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी रहेको बताएका छन्।
फेसबुकमा स्टाटस लेख्दै शाहले यो आदेश गर्ने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने माग गरेका छन्। उनले सर्वोच्चको फैसलालाई अप्रत्याशित र गैरजिम्मेवारीपूर्ण भन्दै यसले मुलुकमा संकट निम्त्याउने बताएका छन्। साथै शाहले विगत लामोसमयदेखि विभिन्न जालझेल एवं बदनियतपूर्ण बहानाबाजीको आडमा देशका लाखौं लाख नागरिकता प्राप्त गर्न योग्य युवा-युवतीहरुलाई नागरिकता प्राप्त गर्नै संवैधानिक हकबाट बञ्चित गरेको जिकीर गरेका छन्।
शाहले लेखेका छन्, ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ ।’