काठमाडौं। नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विहिबार गृहमन्त्रीमा नियुक्त भएका अधिकारीले गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सो निर्देशन दिएका हुन् ।
गृह प्रशासनको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए ।
मन्त्रालयमा आएका काम छिटो सम्पादन गर्न निर्देशन दिँदै उनले त्यस्ता गतिविधि पाइए कारवाही गर्ने पनि बताए । मन्त्रालयका अनुसार गृहमन्त्री अधिकारीको निर्देशनमा आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको जनाइएको छ । उनले शान्तिसुरक्षा सबल बनाउन प्रहरी अधिकारीलाई पनि निर्देशन दिएका छन् ।