काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् ।
स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् ।
यस्तै मोहन वानियाँ विनाविभागीय मन्त्री, कृषीमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र आशा विक, वन राज्यमन्त्रीमा नियुक्ती हुँदैछन् । वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् । उनीहरुको शपथ ४ बजेका लागि तय भएको स्रोतले बतायो ।
गृहमन्त्री : खगराज अधिकारी
विनाविभागीय मन्त्री : मोहन वानियाँ
सञ्चार तथा सूचना प्रविधि : नैनकला थापा
कृषी : ज्वालाकुमारी साह
उद्योग तथा आपूर्ति : राजकिशोर यादव
वन राज्यमन्त्रीमा : आशा विक
वन तथा वातावरण मन्त्रालय : नारदमुनी राना
संघीय मामिला तथा सामान्य प्रशासन : गणेश पहाडी