काठमाडौँ। भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घनाबस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्।
दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको हो । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् । घटना स्थलमा पुग्न सानो बाटोका कारण एम्बुलेन्स, दमकल र जेसीभीलाई पनि घटनास्थल पुग्न समस्या भएको थियो ।
ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्। मुम्बई र आसपासका इलाकामा बुधबार लगभग दिनभर पानी परेको थियो । जसकारण धेरै इलाकाहरु डुबानमा परे । मौसम विज्ञान विभागले आज पनि घनघोर वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ ।
मुम्बईमा जारी मनसुनी वर्षाका कारण घर भत्किएको हुन सक्ने अनुमान गरिएको छ। बृहनमुम्बई कर्पोरेसनले एउटा घर भत्किएपछि त्यसको आसपासमा रहेका अन्य ठूला आवासीय घरहरुलाई खाली बनाइएको छ।