काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासले विपक्षीसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ माग गरेको छ। आज भएको सुनुवाइपछि इजलासले लिखित जवाफ माग गरेको हो। लिखित जवाफका लागि १५ दिनको समय दिइएको छ।
त्यसपछि निरन्तर सुनुवाइ हुने जनाइएको छ। कांग्रेस सभापति शेरबहादर देउवासहित १४६ जनाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै इजलासले यो आदेश गरेको हो। इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।
इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गर्नुभएको थियो । आदेशको पूर्णपाठ भने आउन बाँकी छ