भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित थपिएका छन् भने ५ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले जनाएअनुसार ५ मध्ये २ मृतक चितवनका हुन् । अन्य ३ जना भने सल्यान, गोरखा र नवलपरासी जिल्लाबाट उपचारका लागि चितवन ल्याइएका संक्रमित हुन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ७२९ रहेको छ ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ९६२ वटा बेड छुट्याइएका छन् । ती मध्ये ३१२ बेड बिरामीले भरिएका छन् ।