काठमाडौँ। भारतको सर्वोच्च अदालतले कोभिडबाट मारिने सबैका परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । सोमबार भारतीय सर्वोच्च अदालतका न्यायाधीश एमआर साहले महान्यायाधिवक्ता तुषार मेहतामार्फत् संघीय सरकारलाई सोमबार उक्त आदेश दिएका हुन् ।
यसअघि उनै न्यायाधीश साह र अशोक भुषणको संयुक्त इजलाशमा कानुन व्यवसायी गौरव कुमारले दैवीप्रकोप तथा महाविपत्ति ऐनको दफा १२ (३) मा उल्लेखित परिभाषाबमोजिम कोभिड पनि महाविपत्ति नै रहेकोले यसबाट मारिएका परिवारलाई समेत क्षतिपूर्तिको माग गर्दै रिट हालेका थिए ।
उक्त ऐनबमोजिम न्यायाधीशले मृत्यु प्रमाणपत्रमा हर कसैको वास्तविक निधनको कारण (मुटु या फोक्सो) खुलाउनुपर्ने भन्दै ४ लाख क्षतिपूर्ति बुझाउन आदेश दिएका हुन् । अहिले भारतलगायत देशका अस्पतालमा अधिकांश मृतकलाई कोरोनाको कारण भनी पोको पारेर सद्गत गरिँदै आएको छ । अब भने बिरामीको निधनमा कोरोनाबाहेक अरु कुनै रोग पनि कारक हुनसक्नेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।
वास्तविक कारण नखुलाई होलसेलमा कोरोना भनेर किटान गरिदिँदा भारतमा धेरै मृतकका आफन्त पाउनुपर्ने सुविधाबाट वञ्चित भएका छन् । उक्त आदेश कार्यान्वयन भएपछि आगामी दिनमा कोरोनाबाट निधन भएकाका परिवाले बीमा रकम र अन्य सुविधासमेत पाउन बाटो खुल्नेछ ।
भारतमा महामारीवीच जनताको हकमा त्यो तहको जागरुकता र आदेश भएको छ । हाम्रो सन्दर्भमा भने आजसम्म पनि मृतकको गर्ने वर्गिकरण होइन कि कोरोनाबाहेक अन्य दीर्घकालीन तथा आकस्मिक रोग खुट्याउने कामसमेत भएको पाइन्न ।
मृतक अधिकांशलाई समेत पोको पारेर जलाइन्छ । त्यसअघि उपचारक्रममा कोरोनाबाहेक अन्य मुख्य रोग के हो भन्ने विवरणसमेत खुलाएको पाईंदैन । ठूला अस्पतालदेखि साना स्वास्थ्य केन्द्रसम्ममा भर्खरका चिकित्सक र नर्सले दिलो ज्यान दिएर बिरामीको सेवा गरेको देखिन्छ । तर,सहज अवस्थामा सबैभन्दा महँगा भनेर चिनिएका वरिष्ठ चिकित्सकहरुले यसबीच आफै भौतिक उपस्थित भएर उपचार गर्ने गरेको पाइएको छैन ।एनेन्सी