चितवन। चितवनमा आज ४० जनामात्र कोरोना संक्रमित थपिएका छन् । भरतपुर महानगरमा ३२ जना, खैरहनी नगरपालिकामा १ जना, माडीमा १, रत्ननगरमा ३ जना र राप्तीमा ३ जना कोरोना संक्रमित थपिएका छन्।
चितवनमा ४ हजार ७७ जना कोरोनाको सक्रिय सक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कोरोना परीक्षण गर्न आउनेको संख्या घटेको बताए । उनले भने, ‘संक्रमितको संख्या घट्दै आएको देखिन्छ, आएका सबैको परीक्षण भइरहेका छन्, तर परीक्षण गर्न आउनेहरु नै कमी भएका छन् ।’ उनका अनुसार कोरोना लागेको थाहा भएर पनि घरमै औषधी खाएर बस्नेको संख्या बढी भएको अनुभव भइरहेको छ । रुघाखोकी लागेकाहरु घरमै औषधि खाएर बस्नेहरु परीक्षण गर्न नआएका स्वास्थ्य कार्यालयको भनाइ छ । ज्वरो, खोकीको औषधि खाएर बस्नेहरु सात दिनपछि बाहिर निस्केर काममा निस्किरहेका पनि छन्।