चितवन । चितवनमा आज तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा चितवनका, चितवन मेडिकल कलेजमा तनहुँका र क्यान्सर अस्पतालमा रौतहटका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
आज भरतपुर अस्पतालबाट ४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् ।
भरतपुरका दुई मेडिकल कलेज र भरतपुर अस्पतालमा हाल ६३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । ४५ जना एचडियुमा १८ जना आइसियुमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालयले आज तीन जना कोरोना संक्रमितको मृत्यु भए पनि कोरोनाको दोस्रो लहरको तुलनमा यसपटक मृत्युको संख्या कम भएको जनाएको छ ।