चितवन । चितवनका विद्यार्थीले पनि अब कारोना भाइरसविरुद्ध खोप पाउने भएका छन् । स्वास्थ्य कार्यालय चितवनले आइतबार (माघ २३ गते) बाट विद्यार्थीलाई खोप दिने भएको छ ।
विद्यालयमा खोप केन्द्र बनाएर माघ २३ गतेदेखि तीन दिनसम्म विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका सातै पालिकाका विद्यार्थीले खोप पाउने भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोर्डना खोप दिइने जनाएको छ । यसअघि विद्यार्थीलाई फाइजर खोप दिने भनिए पनि सो खोप नआएका कारण विद्यार्थीलाई मोर्डना खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।