चितवन। माडी नगरपालिकाको आठौं नगरसभाले जनयुद्धकालीन माडीका शहीद परिवारलाई सम्मान गरेको छ ।
आज (मंगलबार) सम्पन्न नगरसभामा माडी-२ निवासी बासु पौडेल (प्रवीण), माडी-७ निवासी नीलकण्ठ सुवेदी (सुवास), माडी-५ निवासी तिलक खाती (बिहानी) र माडी-१ निवासी केशव क्षेत्रीका परिवार सदस्यहरूलाई सम्मान गरेको हो ।
शहीद परिवार सदस्यहरूलाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र उपप्रमुख ताराकुमारी काजी महतो लगायतले दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेका थिए ।