चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत ट्रक र मोटरसाईकल आपसमा ठक्कर खांँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने, पछाडि बस्ने गम्भिर घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बेलुका .पौने ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ मुग्लिङ नारायणगढ सडक अन्र्तगत घुमाउनेमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना५ख ८१५५ नम्बरको (सिमेन्ट लोड) ट्रक र बिपरित दिशाबाट आई रहेको बा४८प ८८३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नम्बर १० का विनोद अधिकारीको उपचारको क्रममा सांँढे ८ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडीका मनोज थापा क्षेत्रीको गम्भिर अवस्थामा सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेपनि हालसम्म चालक फरार रहेको र उनको खोजी भईरहेको छ ।