मोरङ । मोरङको केराबारी गाउँपालिका-३ का ३२ वर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
गत वैशाख ८ गते मृतक राईसहित १० जनाको समूहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समूहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई वैशाख ९ गते नै १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबारी गाउँपालिका।(३ का ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका(१ का १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् ।
निजहरु पक्राउ परेसँगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनिहरुले जंगलको ओढार मुनी लुकाई छिपाई राखेको ४ थान भरुवा बन्दुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिप्रका मोरङका अनुसार उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।