चितवन । मुुलुकको अधिकांश जिल्लामा गरिएको निषेधाज्ञा एक महिना भन्दा बढी भई्सकेको छ । निशेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र ठप्प प्रायः छन । मानिसहरुको चहलपहल छैन आर्थिक गतिविधि अत्यन्त न्यून छ । कोरोना महामारीका कारण सबै क्षेत्र सुनसान र अस्तव्यस्त भईरहेका बेला यसको आंशिक तथा पूर्ण असर कृषि क्षेत्रमा पनि परेको छ । बर्षातको मौसम शुरु भएसंँगै मल,बीउ, बिषादीको अभाव पनि उत्तिकै छ । भने दुध, अण्डा मासु उत्पादन तथा बिक्रीमा पनि यसले असर पार्दै गएको छ । अघिल्लो बर्ष बाट मह उत्पादन ओरोलो हुदै जांँदा यसपटकको निशेधाज्ञाले मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरणको अभाव हुदै जांँदा मह पनि ह्रास हुदै गएको हो ।
‘चरण पनि छैन ,उत्पादन पनि छैन , बिक्री पनि छैन ।’ भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरीपालक विष्णु भुषाल भन्छन । यतिबेला वन लगायत स्थानीय बारी तथा खेतहरुमा फूल फुल्ने सिजन नहुंँदा मह उत्पादन पनि हुदैन । भएका मौरीलाई चिनी चास्नी खुवाएर घारभित्रै पाल्नु पर्छ ।
‘अहिले हाम्रो मौरीका लागि खर्च मात्रै हो , आम्दानी शुन्य छ । भएको महपनि कहांँ लगेर बेच्ने ?’ भूषालको प्रश्न छ ।
गतसाल देखि निशेधाज्ञाको मार खेपिरहेका मौरीपालक किसान यसबर्ष थप मारमा परेका छन । ‘के गर्नु चिनीको भाउपनि ह्वात्तै बढ्यो, हामी पनि बांँच्न गाह्रो पर्या बेला ।’ खैरहनी नगरपालिका वडा नम्बर ४ का किसान श्याम गुरुङ्गले भने । विगत केही दिन देखि परेको हावाहुरी , पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको उनले बताए ।
जिल्लाका किसानको सबैजसो हविगत उस्तै छ । उनीहरुले कहिले चरण , कहिले बिक्री कहिल्यै मुल्यका कारण सधै जसो नोक्सान बेहोर्दै आएका बताएका छन । जसका कारण कतिपय किसान विस्थापित हुने क्रम छ त कतिपय किसान विस्थापित भइसकेका छन भने केही किसान आउने क्रम पनि छ ।
‘महको माग भएर के गर्नु उत्पादननै छैन , चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ ।’ उनले भने । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्न सरकारले बिशेष खालको योजना नल्याउंँदा यस व्यवसायप्रति निराशा बनाएको उनको भनाई छ । मौरीको विस्तार र महको बिक्री मात्रै होइन उत्पादनमा बर्षेनी ह्रास आएको छ। जसका कारण उपभोक्ता कि त विदेशी महंगो मह कि त नक्कली मह उपभोग गर्नुपर्ने बाध्यता छ ।
‘मौसममा व्यापक परिवर्तन छ , न मौसममा फूलहरु फुलेका छन ,न त प्रशस्त रुपमा मौरीले चरन गर्न पाएका छन ’मौरी विज्ञ डाक्टर खेमराज न्यौपाने भन्छन, नत फलफूल र बालीहरुमा प्रशस्त रस नै छ। ’ । स्वदेशी उत्पादन र प्रर्वद्धनमा राज्यको नीति तथा आंँखा नपर्ने भएकोले यस व्यवसायमा थप आकर्षण हुन नसकेको उनले बताए । ‘बर्षेनी मौरी गोला विस्तार अनुपात र महकै उत्पादनमा ठूलो ह्रास आएको छ । यो चिन्ताको बिषय हो ।’ उनले भने । मौरीको भूमिका मह मात्र उत्पादन गर्ने नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादन पनि ठूलो प्रभाव पार्ने उनको भनाई छ ।
केही बर्षदेखि महको उत्पादन घटेपछि यसको माग बढ्न थालेपछि नयांँ किसानहरु यस व्यवसायमा थपिएपनि उत्पादनमा भने कुनै परिवर्तन आएको छैन । ‘मुल्य बढ्यो , माग बढ्यो भनेर नयांँ किसानहरु आउनु भएको छ, मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, तर घारको संख्यामा बृद्धि भएपनि मह उत्पादनमा बृद्धि भएन ।’उनका अनुसार गतबर्ष भन्दा यसबर्ष ३० प्रतिशतले उत्पादनमा ह्रास आएको छ । विगतका बर्षहरुमा प्रति घार २२ केजी उत्पादन भएपनि हाल प्रतिघार १५ देखि १६ केजी महमात्र उत्पाादन हुने गरेको शर्माले बताए । चितवनमा ३५ हजार मौरीको घार रहेका छन भने किसानको संख्या ५०० को हाराहारीमा छ ।