काठमाडौँ। जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।
सोमबार सामाजिक संजालमा एक विज्ञप्ति निकाल्दै ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् ।ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।
दोस्रो वरीयता प्राप्त ओसाकाले आइतबार भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।